काठमाडौँ । सरकारले सेयर बजार सुधारका लागि २१ बुँदे कार्ययोजना जारी गरेपछि सेयर बजारको ‘चार्म’ फर्किएको छ । अर्थ मन्त्रालयले सोमबार २१ बुँदे कार्ययोजना जारी गरेको थियो । सोही कार्ययोजनाको ‘इफेक्ट’ मंगलबारको बजारमा देखिएको हो ।
मंगलबार सेयर बजार खुलेको पहिलो एक घण्टामै सेयर बजार ३५ अंकले बढेको छ ।
यो समाचार तयार पार्दासम्म बजार ३४.४६ अंकले बढेर बजार २६१९.५१ बिन्दुमा पुगेको छ । बजारको सुरुवातमा बजार ह्वात्तै बढेर बजार २६७९.५४ बिन्दुमा पुगेको थियो ।
त्यसपछि बजार पुनः घटेर २६२३.८७ बिन्दु पुगेको थियो । त्यसपछि भने बजार थामिँदै समानान्तर रुपमा बढेको छ । मंगलबार बजार बढ्नुको कारण सरकारले जारी गरेको कार्ययोजना भएको सेयर विश्लेषकहरुको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्