काठमाडौं । भोटेकोशीसहित विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यका लागि नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ लाख २० हजार २४९ रुपैयाँ सहयोग गरेको छ । संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
संस्थाका अध्यक्ष राजकुमार राई, प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटगरी राहत रकम हस्तान्तरण गरेको जनाएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष राईले लघुवित्त संस्थाहरूले समाजका विपन्न तथा न्यून आय भएका नागरिकको घरदैलोसम्म पुगेर वित्तीय सेवा प्रदान गर्दै आएकाले विपद्को समयमा पनि समुदायसँगै उभिनुपर्ने बताए । उनले प्राकृतिक विपद्को समयमा सबै पक्षले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत पौडेलले संस्थाले ‘ग्राहक सदस्य पहिलो’ भन्ने मूल नीतिअनुसार वित्तीय कारोबारसँगै वित्तीय साक्षरता, संस्थागत सामाजिक उत्तरदायित्व र ग्राहक संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी र बृहत्तर बनाउँदै लैजाने प्रतिबद्धता उनले व्यक्त गरे ।
संस्थाका अनुसार उक्त सहयोग रकम सञ्चालक, कर्मचारी परिवार तथा संस्थाको तर्फबाट गरिएको सामूहिक योगदानबाट जुटाइएको हो ।
नेरूडे मिर्मिरेले विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, बेपत्ता भएकाहरूको तत्काल खोजी तथा उद्धार सफल होस् भन्ने कामना पनि संस्थाले गरेको छ ।
संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व, ग्राहक संरक्षण तथा समुदायप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै वित्तीय सेवासँगै सामाजिक हितका कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्