काठमाडौँ । इसेवाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा निरज शर्मा नियुक्त भएका छन् । इसेवाको सञ्चालक समितिको बैठकले शर्मालाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई असोज १२ गतेदेखि इसेवाको सिइओ नियुक्त गर्ने निर्णय गरिएको कम्पनीका एक सञ्चालकले अर्थ सरोकारलाई बताएका छन् ।
हाल इसेवाको सिइओ नियुक्त भएका शर्मा नबिल बैंकमा लामो समय काम गरेका व्यक्ति हुन् । उनीसँग बैंकिङसँगै नवप्रवर्तन तथा डिजिटल रुपान्तरण क्षेत्रमा समेत काम गरेको अनुभव छ ।
यसो त यसअघि जगदिश खड्का इसेवाको सिइओ थिए । तर, इतिहासमै नबिग्रिएको छवि खड्काको कार्यकालमा बिग्रिएको भन्दै इसेवाको सञ्चालक समिति बैठकमै उनको कुरा उठेको थियो । अन्ततः उनलाई सिइओमा नदोहोराउने निर्णय गरेको सञ्चालक समितिले नयाँ सिइओमा शर्मालाई नियुक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्