काठमाडौँ । नेपाल राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि झण्डै डेढ करोड सहयोग गरेका छन् ।
भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि भन्दै राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले १ करोड ३८ लाख रुपैयाँ सहयोग गरेका हुन् । एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले सो को जानकारी गराएको छ ।
सहयोगस्वरुप राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले दिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
उक्त सहयोग रकम राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र कर्मचारी (करार समेत)को तर्फबाट प्रदान गरिएको राष्ट्र बैंकको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्