काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा मानिने पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ । प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुने भएको हो ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ । नेपालमा गेमिङ तथा ई-स्पोट्र्सप्रति बढ्दो आकर्षणलाई थप उत्साह प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीलाई लक्षित गर्दै एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरियन्स जोन समेत सञ्चालन गरिनेछ । उक्त जोनमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणलगायतका कार्यक्रम हुनेछन् ।
त्यस्तै, प्रतियोगिता अवधिभर एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज तथा एक्स्ट्रिम फोटो एन्ड कन्टेन्ट जोन सञ्चालन गरिने आयोजकले जनाएको छ । यी गतिविधिले प्रतियोगितामा सहभागी दर्शकलाई गेमिङसँगै मनोरञ्जन र नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।
चार दिनसम्म सञ्चालन हुने पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ ले नेपालमा ई–स्पोट्र्स तथा गेमिङ संस्कृतिको प्रवद्र्धनमा थप योगदान पुग्ने आयोजकको विश्वास छ । प्रतियोगितामार्फत प्रतिस्पर्धात्मक गेमिङसँगै दर्शकको सहभागिता र मनोरञ्जनलाई समेत प्राथमिकता दिइने जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्