काठमाडौँ । युएई जाने नेपालीको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरणमा लाग्दै आएको शुल्क घट्ने भएको छ । नेपाली श्रमिकले प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि तिर्दै आएको शुल्क ५० प्रतिशतले घट्ने भएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीसहितको प्रतिनिधिमण्डल र युएईका राजदूतसँगको भेटवार्तामा यस्तो सहमति भएको छ ।
योसँगै अब २०२६ अक्टोबरदेखि युएई जाने नेपाली श्रमिकको प्रहरी रिपोर्ट प्रमाणीकरण शुल्कमा ५० प्रतिशत छुट दिइनेछ । त्यस्तै, हाल रिपोर्ट प्रमाणीकरणको प्रक्रिया तीन कार्यदिनभित्र सम्पन्न हुने व्यवस्था मिलाइएको संघले जनाएको छ ।
हाल युएई जाने नेपाली श्रमिकले प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि ३ सय ५३ दिराम (१४ हजार बढी) तिर्दै आएका छन् । यसो त संघले रिपोर्ट प्रमाणीकरण प्रक्रिया नै हटाउन माग गरेको थियो तर सुरक्षा चुनौती देखाउँदै रिपोर्ट प्रमाणीकरण प्रक्रिया नहटाउने बरु शुल्क घटाउने सहमति गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्