काठमाडौँ । प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्डवाहकले भारतको गुरुग्राम, हरियाणास्थित मेदान्ता–द मेडिसिटी अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौता प्रभु बैंक र मेदान्ता–द मेडिसिटी अस्पतालबीच भएको हो ।
सम्झौताअनुसार अस्पतालको बहिरंग सेवा (ओपीडी) अन्तर्गतका सबै परामर्श, ल्याबोरेटरी तथा रेडियोलोजी जाँचमा प्रचलित दरमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
त्यस्तै, अन्तरंग सेवा (आईपीडी) अन्तर्गत कोठाको भाडा, ल्याबोरेटरी तथा रेडियोलोजी जाँचमा पनि अस्पतालको प्रचलित दरमा १५ प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी अस्पतालका प्रमुख–कर्पोरेट साझेदारी सत्य चतुर्वेदी र प्रभु बैंकका कन्ट्री हेड–भारत सुनिल मिश्राले हस्ताक्षर गरेका छन् ।
सम्झौता १५ अगस्ट २०२६ देखि १४ अगस्ट २०२८ सम्म लागू हुनेछ ।
प्रभु बैंकले नेपालभर रहेका ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकले ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न सेवा तथा साझेदारी विस्तार गर्दै आएको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्