काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा भएको छ । अर्थ मन्त्रालयका अनुसार हालसम्म कोषमा कुल ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ जम्मा भएको हो ।
सो रकम कोषका ९ वटा खाता र २ वटा डलर खातामा जम्मा भएको कुल रकम भएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ नगद र २ करोड ११ लाख ८ हजार ४ सय ७१ अमेरिकी डलर अर्थात ३ अर्ब १८ करोड ४८ लाख रुपैयाँ डलर खातामा जम्मा छ ।
जम्मा भएको रकममध्येबाट बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनर्नस्थापनाका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ हस्तान्तरण गरिसकिएको मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्