Skip to content
LAXMI SUNRISE BANK

भोलिदेखि लगातार ५ दिन सार्वजनिक बिदा !

अर्थ सरोकार

काठमाडौँ । शुक्रबार (भोलि) देखि लगातार ५ दिन सार्वजनिक बिदा परेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबारदेखि लगातार ५ दिन सार्वजनिक बिदा परेको हो । 

भदौ १९ गते भोलि (शुक्रबार) गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदा छ । २० गते शनिबार र २१ आइतबार नियमित बिदा परेको छ । २३ गते सरकारले जेन-जी शहीदको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

यता बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते तीन जिल्ला (चितवन, धादिङ र मकवानपुर)मा सार्वजनिक बिदा दिएको छ । 

यसरी १९, २०, २१, २२ र २३ गते गरी कुल ५ दिन लगातार सार्वजनिक बिदा परेको छ । निरन्तर ५ दिन सार्वजनिक बिदा भएपछि नेपालमा बिदा धेरै भयो भन्ने बहस सुरु भएको छ । बिदा धेरै भएपछि भइपरी दिइने विशेष बिदा हुँदा अरु सार्वजनिक बिदा कटौती गर्नुपर्ने आवाजसमेत उठिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK