काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रिद्धी सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै दुवै कम्पनीले विपद्को कठिन समयमा प्रभावित नागरिक र सरकारको साथमा रहेको बताएका छन् ।
रिद्धी सिद्धि सिमेन्टले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ गरी कुल १ करोड १ लाख रुपैयाँ कोषमा जम्मा गरिएको हो । रिद्धी सिद्धि सिमेन्टका अध्यक्ष शोभाकर न्यौपानेले रिद्धी सिद्धि तथा सौर्य सिमेन्ट परिवारका तर्फबाट उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले बाढीमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
बाढी प्रभावितको राहत, पुनःस्थापना र पुनर्निर्माण सबैको साझा दायित्व भएको उल्लेख गर्दै कम्पनीले विपद्को समयमा उद्धार तथा राहतमा खटिएका उद्धारकर्मी, राहतकर्मी, सुरक्षाकर्मी, प्रशासन, स्वास्थ्यकर्मी लगायत सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्