Skip to content
LAXMI SUNRISE BANK

बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपद्वारा ४ करोड सहयोग

अर्थ सरोकार

काठमाडौं । विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ । शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीलाई प्रधानमन्त्री राहत कोषका लागि ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकको अस्थायी आश्रयका लागि २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय थान टार्पोलिन टेन्ट समेत उपलब्ध गराएको जनाएको छ ।

शंकर ग्रुपले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, बेपत्ता भएकाहरूको सकुशल फिर्ताको कामना गर्दै उद्धार तथा राहतमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक तथा सरकारी अधिकारीप्रति आभार व्यक्त गरेको छ ।

संकटका बेला सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो दायित्व भएको भन्दै ग्रुपले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK