काठमाडौं । बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (सोना सिमेन्ट) ले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको हो ।
त्यसैगरी, कम्पनीमा कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबर ४ लाख ९१ हजार रुपैयाँ समेत राहत कोषमा सहयोग गरेका छन् ।
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका म्यानेजिङ डाइरेक्टर निपेश तायल लगायतका प्रतिनिधिले संयुक्त रूपमा उक्त सहयोग रकम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उनकै कार्यालयमा हस्तान्तरण गरेका हुन् ।
यसैबीच, शुभ्म हेल्थ केयर प्रोडकस् प्रा. लि. मा डाइरेक्टर समेत रहेका निपेश तायलले कम्पनिबाट पनि ५० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् ।
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ५१ लाख, कर्मचारीको ४ लाख ९१ हजार तथा शुभ्म हेल्थ केयर प्रोडकस् प्रा. लि. बाट ५० लाख रुपैयाँ गरी कुल १ करोड ५ लाख ९१ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग भएको हो ।
बाढी, पहिरोलगायतका प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्