Skip to content
LAXMI SUNRISE BANK

१ लाख घुससहित नापी सर्वेक्षक पक्राउ

अर्थ सरोकार

महोत्तरी । नापी सर्वेक्षक शिवकुमार साह पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । 

नापी कार्यालय बर्दिबासमा कार्यरत साहलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार साहलाई एक बर्दीबासस्थित एक होटलबाट पक्राउ गरिएको हो । 

पक्राउ परेका सर्वेक्षक साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको आयोगको बर्दिबास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK