Skip to content
LAXMI SUNRISE BANK

संसदमा उठ्यो नोटबन्दीको कुरा, केहि समयअघि मात्र राष्ट्र बैंकले भनेको थियो- ‘आवश्यक छैन’

अर्थ सरोकार

काठमाडौँ । संसदमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले प्रतिनिधिसभाको बैठकमा बोल्दै नोटबन्दीको विषय उठाएका हुन् । भारतमा पनि नोट बन्दी गरिएको प्रसङ्ग उठाउँदै उनले तत्काल नोटबन्दी गरेर ती नोटहरू बैंकिङ प्रणालीमा ल्याउनुपर्ने आवाज उठाएका हुन् ।

विगत ३५ वर्षसम्म सत्तामा रहेकाहरूले अवैध रूपमा सम्पत्ति आर्जन गरी कालो धन थुपारेको आरोप लगाउँदै न्यौपानेले कालो धनकै आडमा जननिर्वाचित सरकारविरुद्ध षड्यन्त्र गर्न खोजेको दाबीसमेत गरेका छन् ।

न्यौपानेको मागमा नेकपा प्रमुख सचेतक युवराज दुलालले पनि समर्थन गरेका छन् । यस्तो प्रस्तावमा नेकपाका सबै सांसदले हस्ताक्षर गरेर दिन समेत तयार रहेको बताउँदै उनले सो काम गर्न सरकारलाई केले रोक्यो भन्ने प्रश्न गरेका छन् ।

यसो त यसअघि पनि नोटबन्दीको कुरा उठेको थियो । जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले पनि नोटबन्दी आवश्यक छ कि छैन भन्ने विषयमा राष्ट्र बैंकसँग सोधेको थियो । राष्ट्र बैंकले बाहिर हल्ला चलेजस्तो नोटकै रुपमा कालोधन बाहिर नरहेको ब्रिफिङ गरेपछि तत्कालीन सरकार नोटबन्दी गर्नु नपर्ने निष्कर्षमा पुगेको थियो ।

अहिलेको सरकारले पनि नोटबन्दी गर्नुपर्ने अवस्था नरहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । तर आउँदो स्थानीय चुनावको मुखमा नोटबन्दी हुन सक्ने कुराको सम्भावना शून्य भने नरहेको दाबी स्वयम् सरकारमा रहेका मन्त्रीहरू बताउँछन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK