Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै लाखौँ ठगी, तीन जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेर्हथुमका ३५ वर्षीय नगेन्द्र भेटवाल, बर्दियाका ४४ वर्षीय समुन्द्र बहादुर थापा र पाँचथरका ४४ वर्षीय कुमार खतिवडा रहेका छन् ।

भेटवालले जापान पठाउने भन्दै एक जनाबाट १० लाख रुपैयाँ, थापाले कम्बोडिया पठाउने भन्दै एक जनाबाट ७ लाख रुपैयाँ र खतिवडाले युएइ पठाउने भन्दै एक जनाबाट एक लाख रुपैयाँ ठगी गरेका थिए ।

उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर सम्बन्धित देशमा पठाउने भन्दै पीडितबाट रकम उठाएर विदेश नपठाई सम्पर्क विहीन भएको भन्दै उजुरी परेको थियो । पीडितले दिएको सोहि उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK