काठमाडौँ । भायानेट कम्युनिकेसन्स नेपालमा आयोजना हुन लागेको अन्तराष्ट्रिय पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को आधिकारिक इन्टरनेट साझेदार बनेको छ ।
नेपालमा आयोजना हुने ठूला अन्तराष्ट्रिय ई-स्पोर्ट्स प्रतियोगितामध्ये एक मानिएको पीएमजीओका लागि आवश्यक इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार भायानेटले उपलब्ध गराउने भएको हो ।
ई–स्पोर्ट्समा खेलको नतिजा खेलाडीको सीप र निर्णय क्षमतामा मात्र निर्भर हुँदैन । इन्टरनेटको कार्यसम्पादनले पनि खेलको नतिजामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले व्यावसायिक स्तरका प्रतियोगितामा उच्च गति मात्र नभई स्थिरता, निरन्तरता र न्यून विलम्बता (लो ल्याटेन्सी) महत्वपूर्ण मानिन्छ ।
खेलका क्रममा केही क्षणका लागि आउने अवरोध वा कनेक्टिभिटीमा हुने अस्थिरताले समेत निर्णायक समयमा खेलको अवस्था र नतिजालाई प्रभावित गर्न सक्छ । यही कारण अन्तराष्ट्रिय स्तरको प्रतियोगिताका लागि आवश्यक कनेक्टिभिटी उपलब्ध गराउने जिम्मेवारी भायानेटका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
पीएमजीओजस्तो अन्तराष्ट्रिय ई-स्पोर्ट्स प्रतियोगिताका लागि भायानेट छनोट हुनु आफ्नो नेटवर्क क्षमता र विश्वसनीयताको प्रमाण भएको कम्पनीको भनाइ छ ।
पीएमजीओसँगको साझेदारी भायानेटको ई–स्पोर्ट्स क्षेत्रमा बढ्दो संलग्नताको अर्को महत्वपूर्ण कदम हो । यसअघि कम्पनीले पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) मा आधिकारिक इन्टरनेट साझेदारका रूपमा सेवा प्रदान गरिसकेको छ । उक्त प्रतियोगिताका क्रममा पनि भायानेटले स्थिर र न्यून विलम्बतायुक्त इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराएको थियो ।
भायानेटका अनुसार, सामान्य इन्टरनेट प्रयोगकर्ताका लागि विश्वसनीयता भनेको बिना अवरोध काम गर्न, स्ट्रिम गर्न, गेम खेल्न वा सम्पर्कमा रहन सक्नु हो । तर व्यावसायिक ई-स्पोर्ट्समा यसको महत्व अझ बढी हुन्छ, जहाँ केही मिलिसेकेन्डको अन्तर वा गलत समयमा हुने सानो अवरोधले समेत खेलको नतिजा परिवर्तन गर्न सक्छ ।
कम्पनीले पीएमजीओका लागि इन्टरनेट उपलब्ध गराउने जिम्मेवारी पाउनु कार्यसम्पादन सबैभन्दा महत्वपूर्ण हुने अवस्थामा आफ्नो नेटवर्कको क्षमता प्रदर्शन गर्ने अवसर भएको जनाएको छ ।
यस साझेदारीमार्फत भायानेटले अन्तर्राष्ट्रियस्तरका ई-स्पोर्ट्स प्रतियोगिता सञ्चालन गर्न सक्षम बनाउने नेटवर्कको विश्वसनीयता, स्थिरता र न्यून विलम्बता आफ्ना ग्राहकले दैनिक रूपमा अनुभव गर्ने कनेक्टिभिटीको आधार भएको देखाउन खोजेको छ ।
नेपालमा अन्तराष्ट्रियस्तरका ठूला गेमिङ तथा ई-स्पोर्ट्स प्रतियोगिता आयोजना हुने क्रम बढ्दै जाँदा यस्ता आयोजनाका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार विकासमा आफ्नो योगदान निरन्तर रहने भायानेटले जनाएको छ ।
जहाँ खेल रोकिनु हुँदैन, त्यहाँ नेटवर्क असफल हुन सक्दैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्