Skip to content
LAXMI SUNRISE BANK

इराक पठाउने भन्दै १० लाख ठग्ने महिला पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि इराक पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने  सिधुपल्चोककी ५५ वर्षिया संचमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले विदेश पठाउने भन्दै पीडितबाट १० लाख लिएर विदेश नपठाई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । राम्रो देश, राम्रो काम र आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगेको भन्दै पीडितले उजुरी दिएका थिए ।

सोहि उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले  बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

 

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK