काठमाडौँ । यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोले बाढी प्रभावितका लागि साढे ३ करोड बढी सहयोग गरेका छन् । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि दुई कम्पनीले सो सहयोग गरेका हुन् ।
सहयोगबापत यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेका छन् ।
उक्त सहयोग रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रुपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।
त्यस्तै, बाढी प्रभावित क्षेत्र (रसुवा, नुवाकोट र धादिङ लगायत) तथा पीडितहरुलाई राखिएका आश्रयस्थलमा कम्पनीले अत्यावश्यक राहत सामाग्रीका रुपमा ३० लाख बराबरको करेन्ट चाउचाउ पठाइएको कम्पनीले जनाएको छ ।
कम्पनीले आवश्यक परे अझै पनि चाउचाउ पठाउन र पीडितलाई सहयोग गर्न कम्पनी तयार रहेको प्रतिबद्धता जनाएको छ । साथै यो विपदको घडीमा आवश्यक पर्ने अन्य कुनै पनि प्रकारको सहयोग गर्न तयार र प्रतिबद्ध रहेको यशोदा ग्रुप इन्डस्ट्रिज प्रालिले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्