Skip to content
LAXMI SUNRISE BANK

आर्थिक सुधारका लागि यही वर्ष २७ वटा नयाँ कानून ल्याउने सरकारको तयारी !

अर्थ सरोकार

काठमाडौँ । सरकारले आर्थिक सुधारका लागि २७ वटा नयाँ कानून ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि यही वर्ष २७ वटा नयाँ कानून ल्याउने बताएका हुन् ।

नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आफू अर्थमन्त्री भएपछि पुराना ऐन खारेजदेखि नयाँ कानुन निर्माणको काम अघि बढाएको बताए ।

‘म अर्थमन्त्री भएको आधा घण्टाभित्र १५ वटा पुराना ऐनहरु खारेज गरे । बजेटमा २७ वटा नयाँ कानुन यही वर्ष हामी लिएर आउँछौँ ।’, उनले भने, ‘बजेट सुधारलाई सहायक हुने र आर्थिक सुधारको लागि २७ वटा कानुनका लागि अहिले मन्त्रालयहरुलाई लखेटिराखेको छौँ ।’

वाग्लेले निजी क्षेत्रले विगतदेखि उठाउँदै आएको कानुन संशोधनको विषयलाई पनि सरकारले अघि बढाएको बताएका छन् । ‘सिएनआईले भनेको २८ वटा कानुन परिमार्जन गर्दिनुहोस् रामराज्य ल्याउँछौँ हामी । उद्योग वाणिज्य संघले केही वर्ष अघि ४२ वटा कानुनको कुरा गरेको थियो ।’, उनले भने, ‘हाम्रो कानुनमन्त्रीले यति थोरै नि हुन्छ भनेर सबलाई उछिनेर १६६ वटा कानुन र त्यसमध्ये पनि ५४ वटा क्याबिनेटबाट पास भइसकेको छ ।’

त्यस्तै, अर्थमन्त्री वाग्लेले सुशासनको मर्म राज्यका सबै अंगमा विस्तार गर्नुपर्ने बताए । ‘राज्यका अन्य अंगहरु पनि सुशासनको यही मर्म बिजारोपण गर्दै फैलाउँदै लैजानुपर्ने छ ।’, उनले भने, ‘नत्र १७ जना मन्त्रीको व्यवहारले मात्र सिंगो राज्यको चरित्र बन्दैन तर मूल सफा भयो भने भने अरु कुरा पनि संग्लिन समय लाग्दैन ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK