Skip to content
LAXMI SUNRISE BANK

बुढीगण्डकी बाढीः ४ जलविद्युत आयोजनामा क्षति, कुनमा कति ?

अर्थ सरोकार

काठमाडौँ । बुढीगण्डकीमा आएको अकस्मात बाढीले ४ जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । आइतबार बिहान आएको बाढीले बुढीगण्डकी जलविद्युत आयोजना, दोभान खोला हाइड्रोपावर, यारु खोला हाइड्रोपावर र माछा खोला जलविद्युत आयोजनामा क्षति पुर्याएको हो । 

बाढीका कारण सबैभन्दा धेरै क्षति बुढीगण्डकी जलविद्युत आयोजनामा भएको छ । टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको ३ सय ४१ मेगावाट क्षमताको उक्त आयोजनाको मुख्य क्याम्प क्षेत्र नै बगाएको छ । 

बाढीले २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजनाको क्याम्पका केही घर र बेलिब्रिज बगाएको छ भने ३०.९१ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनाको बेलिब्रिज बगाएको छ । 

त्यस्तै, १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा पनि बाढीले क्षति पुर्याएको छ । यद्यपि आयोजनाहरुमा भएको क्षतिको वास्तविक विवरण र आयोजना पुनर्निमाणको अनुमानबारे विवरण आउन बाँकी छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK