काठमाडौँ । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा दीपचन्द्र रेग्मी नियुक्त भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई डिसिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकको डिसिइओमा नियुक्त भएका रेग्मी यसअघि ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।
सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैैंकमार्फत बैंकिङ करियर सुरु गरेका रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन् ।
उनले बैंकको प्रमुख वित्तीय अधिकृत (सिएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्ष समेत रहिसकेका छन् ।
रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्