काठमाडौँ । सुदूरपश्चिम रोयल्सका प्रशिक्षक मिसबाह उल हकले नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा हारपछि आफ्ना ब्याटरले सहजै विकेट गुमाएको बताएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्ससँग खराब ब्याटिङसँगै हारपछि सुदूरपश्चिमका प्रशिक्षक मिसबाहले ट्रिकी पिच हुँदा आफ्ना खेलाडीले साझेदारीमा ध्यान नदिँदा सहजै विकेट गुमेको बताए ।
ट्रिकी पिचमा बल स्लो हुने र त्यस्तो अवस्थामा ब्याटरले साझेदारीमा ध्यान दिनुपर्ने सुदूरपश्चिमका प्रशिक्षक मिसबाहले औंल्याए । यद्यपि, आफ्ना ब्याटरले त्यसमा ध्यान नदिएको र सहजै विकेट गुमाएको उनी बताउँछन् ।
कहिलेकाहीँ यस्तो अवस्था आउने उनको भनाइ छ । आगामी खेलमा सुधार आउने प्रशिक्षक मिसबाहकले उल्लेख गरे । आरिफ शेखले अगाडिको खेलमा राम्रो गरेकाले माथिल्लो क्रममा ब्याटिङमा पठाएको उनको भनाइ छ । सुदूरपश्चिमका प्रशिक्षक मिसबाहले यो पहिलो खेल रहेको र आगामी खेलमा सुधार गर्ने आशामा रहेको बताएका छन् ।
लुम्बिनी लायन्सका बलर किशोर महतोले आधारभूत पक्षमा ध्यान दिँदै रणनीतिअनुरूप बलिङ गर्न सक्दा विकेट आएको बताए । उनले सर्वाधिक चार विकेट लिएका थिए । पिचले आफ्ना लागि मद्दत मिल्दा विकेट आएको किशोरले बताए । बलरका लागि मद्दत मिल्ने पिच रहेको उनले उल्लेख गरे । प्रशिक्षक र कप्तान रोहित पौडेलले योजनाअनुरूप बलिङ हुँदा मद्दत मिलेको किशोरले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्