Skip to content
LAXMI SUNRISE BANK

जनकपुर चुरोट कारखानाको डिडिए सम्पन्न, लिनदिन बाँकी भए २१ दिनभित्र दाबी गर्न आग्रह

अर्थ सरोकार

काठमाडौँ । जनकपुर चुरोट कारखाना लिमिटेडको सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको उक्त कारखानाको डिडिए सम्पन्न भएको हो । 

डिडिए सम्पन्न भएसँगै सरकारले कारखानाको बक्यौता र दायित्व फरफारकका लागि २१ दिने सूचना जारी गरिएको छ ।

कारखानाले सोही सूचनामार्फत कुनै निकायबाट भएको फैसला वा निर्णयबमोजिम लिनदिन पर्ने हिसाब भएमा वा जग्गा रोक्का, बीमा वा कर्मचारी सेवा सुविधासम्बन्धी कुनै दाबी भएमा २१ दिनभित्र सम्पर्क गर्न पनि आग्रह गरेको छ । 

त्यस्तै, उद्योगलाई तिर्न वा बुझाउन बाँकी बक्यौता भए तोकिएको समयभित्र सम्पर्कमा आउन पनि उद्योगले आग्रह गरेको छ । तोकिएको समयभित्र दाबी पेस नभएमा कानून अनुसार अघि बढ्नेसमेत कारखानाले चेतावनी दिएको छ । 

दाबी पेस गर्न धनुषाको जनकपुरस्थित उद्योग स्थलमा सम्पर्क गर्न सकिने र ९८४५१०५००८ नम्बरको फोन वा तोकिएको इमेल ठेगाना इपिडिभिजनएमओआइसिएस एट जिमेल डटकममार्फत पनि सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको कारखानाले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK