काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको ९२ लाख ४१ हजार ४२६ कित्ता साधारण सेयरको प्रत्याभूति ज्योति क्यापिटल लिमिटेडले गर्ने भएको छ ।
प्रतिसेयर एक सय रुपैयाँका दरले उक्त सेयरको कुल मूल्य ९२ करोड ४१ लाख ४२ हजार ६०० रुपैयाँ रहेको छ । सेयर प्रत्याभूति सम्बन्धी सम्झौता मुनलाईट हाइड्रोपावर र ज्योति क्यापिटलबीच भएको हो ।
काठमाडौंमा आयोजित एक समारोहमा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र मुनलाईट हाइड्रोपावरका सञ्चालक समिति अध्यक्ष कल्याण विक्रम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने उक्त साधारण शेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्नेछ ।
ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ कारोबारको अनुमति प्राप्त गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति तथा शेयर रजिष्ट्रारलगायतका सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्