Skip to content
LAXMI SUNRISE BANK

सोमबार ४ अंकले बढ्यो नेप्से परिसूचक, बजार २५९५.८१ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५४ कम्पनीको १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २५ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, रिज लाइन इनर्जीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK