Skip to content
LAXMI SUNRISE BANK

टुच्च बढ्यो नेप्से, ४ अर्ब ८९ करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५३ कम्पनीको १ करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ८९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सिद्धार्थ बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३० करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK