काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मा बैंकमा फोर्स लिभको इमेल लेख्न लगाएर आफू पर्सा हानिएको खुलासा भएको छ । एचआरलाई सिइओ १२ दिनका लागि फोर्स लिभमा छन् भन्ने इमेल लेख्न लगाएर शर्मा अदालत उपस्थित हुन पर्सा पुगेका हुन् ।
पर्सामा उनीविरुद्ध ठगी केसमा मुद्दा दर्ता भएको छ । मुद्धा दर्ता हुनुअघि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भए पनि उनी बैंकमा काम गर्दै आएका थिए । बुधबार फोर्स लिभ भन्दै पर्सा गएका उनी मंगलबार कार्यालयमै रहेको बैंकका सूचना अधिकारी रविन्द्र ढकालले बताए । कार्यालयमै रहेका उनलाई प्रहरीले किन पक्रिएन भन्ने प्रश्नसमेत उठेको छ ।
शर्मा तत्कालीन सनराइज बैंकमा हुँदा अञ्जली इन्टरनेशनललाई स्वीकृत भएको कर्जा रकम उपलब्ध नगराएको आरोपमा पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दायर भएको हो । प्रभु कर्मचारी विनियमावली अनुसार फौजदारी केसमा दर्ता भएपछि उनी स्वत: निलम्बनमा पर्ने व्यवस्था छ । 
उनी पर्सामा अदालतमा हाजिर भएर सुटुक्क धरौटीमा रिहा हुने तयारीमा थिए। तर उनी फरार भएको सूचना बैंकका एक उच्च अधिकारीले चुहाएपछि यस विषयमा मिडियामा समाचार आएको थियो 
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्