Skip to content
LAXMI SUNRISE BANK

सुन र चाँदीको मूल्य बढ्यो, तोलाको कति ?

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ८ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला ४४४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK