Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा मासुको मूल्य प्रतिकिलो ३५० रुपैयाँ तोकियो, बढी लिए खबर गर्न आग्रह !

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँ तोकिएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँ तोकेको हो । 

कात्तिक १७ गतेदेखि लागू हुनेगरी काठमाडौँ उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)मा मासुको खुद्रा मूल्य ३५० रुपैयाँ तोकिएको पोल्ट्रिमञ्च नेपालका सञ्चालक दिपेश लामिछानेले जानकारी दिएका छन् ।

यता राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बिसीले पनि मासुको मूल्य तोकिएको बताए । उनले तोकिएकै मूल्यमा ब्रोइलर कुखुराको मासु बेच्न सर्कुलर जारी गरिएको भन्दै सोही मूल्य अनुसार मासु बेच्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । 

तोकिएको मूल्य (प्रतिकिलो ३५० रुपैयाँ) भन्दा बढी मूल्य ब्रोइलर कुखुराको मासु बेचेको पाइए ९८४१५६१५१७ र ९८४१३३८७१९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK