काठमाडौँ । इजिप्टले बैंक अफ कायरोको ४५ प्रतिशत सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री गरी ६५० मिलियन अमेरिकी डलरभन्दा बढी रकम संकलन गरेको छ । यो इजिप्टको सेयर बजारमा हालसम्मकै सबैभन्दा ठूलो आइपिओ निष्कासन भएको सरकारले जनाएको छ ।
सरकारका अनुसार उक्त आइपिओबाट ३६ अर्ब ३० करोड इजिप्टियन पाउण्ड (करिव ६५०.७ मिलियन अमेरिकी डलर) रकम संकलन भएको हो ।
निष्कासन अन्तर्गत ६ अर्ब ८६ करोडभन्दा बढी कित्ता सेयर बिक्री गरिएको थियो । उक्त कारोबारपछि बैंकको कुल मूल्यांकन करिब ८० अर्ब ८० करोड इजिप्टियन पाउण्ड पुगेको छ । बैंकको सेयर कारोबार सुरु भएको अवसरमा आयोजित उद्घाटन समारोहमा इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबुली सहभागी भएका थिए ।
कार्यक्रममा बैंकिङ तथा पूँजी बजार क्षेत्रका उच्च अधिकारीहरूको पनि उपस्थिति थियो । प्रधानमन्त्री मदबुलीले बैंक अफ कायरोको शेयर बजारमा सूचीकृत हुनुलाई इजिप्टको आर्थिक सुधार कार्यक्रमको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे । उनले यसले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने तथा व्यक्तिगत र संस्थागत लगानीकर्तामाझ सेयर स्वामित्व विस्तार गर्ने सरकारको नीतिलाई प्रतिबिम्बित गरेको बताएका छन् ।
इजिप्टियन एक्सचेन्जका अध्यक्ष ओमर रदवानले उक्त आईपीओले देशको पुँजी बजारमा नयाँ अध्याय सुरु गरेको बताए ।
इजिप्ट सरकारले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका बढाउने र सार्वजनिक स्वामित्वमा रहेका संस्थाहरूमा निजी लगानी आकर्षित गर्ने उद्देश्यसहित आर्थिक सुधार कार्यक्रम अघि बढाउँदै आएको छ । बैंक अफ कायरोको आईपीओलाई सोही नीतिको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्