काठमाडौँ । भारतीय अभिनेता शाहरुख खान भारतीय अर्बपतिको सूचीमा समेटिएका छन् । करिब १० हजार करोड भारतीय रुपैयाँ बराबरको सम्पत्तिसहित खान भारतीय अर्बपतिहरुको सूचीमा समेटिएका हुन् ।
‘हुरुन इन्डिया रिच लिस्ट, २०२६’ का अनुसार खानको ३ सय करोड भारतीय रुपैयाँ बराबरको आलिसान घर छ ।
यति मात्र होइन, खानसँग महँगा गाडीहरुको संग्रह रहेको समेत ‘हुरुन इन्डिया रिच लिस्ट, २०२६’ मा उल्लेख छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उनी अमेरिकी एसयुभी क्याडिल्याक एस्केलेडका मालिक हुन् ।
उनीसँग रोल्स रोयस कुलिनन ब्ल्याक ब्याजजस्ता महँगा गाडीहरु पनि छ । खानको आम्दानीको प्रमुख स्रोत चलचित्र हो । यसबाहेक उनले विज्ञापन, इन्डियन प्रिमियर लिग (आईपीएल)को टोलीमार्फत पनि आम्दानी गर्ने गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्