काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट निक्षेप उठाउने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता देखिएपछि राष्ट्र बैंकले आज साउन १३ गते अपरान्ह ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ ।
उक्त निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले घटीमा ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निः शेष भाग जाने गरी कुल आव्हान रकमसम्म बालकबोल गर्न सकिने छ । केन्द्रीय बैंकले साउन २७ गते (१४ दिनपछि) साँवा फिर्ता दिने गरी निक्षेप संकलन गर्न लागेको हो ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ पर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्ने शर्त राष्ट्र बैंकले तोकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्