×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डले दियो तीन जलविद्युत कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति, हेर्नुहोस् क-कसको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धितोपत्र बोर्डले दियो तीन जलविद्युत कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति, हेर्नुहोस् क-कसको कति ?

Artha Sarokar

१५ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले तीन जलविद्युत कम्पनीलाई सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर कम्पनी, सहाज उर्जा र बुद्धभूमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । न्यादी हाइड्रोपावरलाई आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि जारी पूँजीको २७ प्रतिशत ४० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्रीकर्ता ग्लोवल आइएमई क्यापिटल रहेको छ ।

यस्तै साहस उर्जा लिमिटेडलाई पनि बोर्डले १ अर्व ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता सेयर निष्कासनको लागि अनुमति दिएको छ । त्यस मध्ये ३५ करोड स्थानिय बासिन्दालाई र ७० करोड सामुहिक लगानी कोष, कर्माचारी र सर्वसाधारणको लागि छुट्टाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

उता बुद्धभूमि नेपाल हाइड्रोपावरलाई पनि आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारण लागि गरी कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको हो । त्यसमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित नुवाकोट जिल्लामा बासिन्दालाई निष्कासन गरिनेछ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिट रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी