×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल रत्न तथा आभुषण संघले डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल रत्न तथा आभुषण संघले डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने (भिडियो रिपोर्ट)

Artha Sarokar

१५ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल रत्न तथा आभुषण संघले डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने भएको छ । नेपालमा जेम्स ल्याब नभएका कारण डायमण्ड परीक्षणका लागि विदेश पठाउनुपर्ने स्थितिलाई अन्त्य गर्ने उद्देश्यले संघले नेपालमै जेम्स ल्याब स्थापना गर्न लागेको हो । बुधबार पत्रकार सम्मेलन आयोजना गरी संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले आउँदो तीन महिना भित्रमा जेम्स ल्याब स्थापना गरी सञ्चालनमा ल्याउने बताउनुभयो । अहिले नेपालमा डायमण्ड परीक्षण गर्ने ल्याब नहुँदा त्यसको गुणस्तर पहिचानमा समस्या हुँदै आएको छ । त्यसैले संघले आफ्नै लगानीमा परीक्षण मेसिन खरिद गरी ल्याब स्थापना गर्न लागेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
प्रयोगशाला स्थापना भएपछि नेपालमा रहेको माइनिङको सम्भावनालाई उपयोग गर्दै यसको प्रशोधन र निकासीका माध्यमले देशको अर्थतन्त्र तथा व्यापारघाटा कम गर्न योगदान पु¥याउने विश्वास संघले लिएको छ । यसबाहेक डायमण्डका गरगहना निर्माणका लागि तालिम सेन्टर पनि सञ्चालन गर्ने भएको छ । यस्तै संघले जेम्स एण्ड ज्वेलरी क्षेत्रलाई निर्यातमुलक उद्योगका रुपमा विकास गर्न र सोही अनुसार मान्यता तथा सुविधाका लागि नीतिगत व्यवस्था निर्माण गर्न सरकार र व्यवसायीबीच सहजिकरण गर्ने भएको छ । हेर्नुहोस् भिडीयो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी