काठमाडौँ । नेप्सेमा आज युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ पनि सूचिकृत भएको छ । कम्पनीको २ करोड १५ लाख कित्ता आइपीओ सूचिकृत भएको हो ।
आइपीओ सूचिकृत भएसँगै सोमबारदेखि कम्पनीको सेयर खरीद बिक्री हुनेछ । कम्पनीको सेयरलाई दोश्रो बजारमा कारोबारका लागि यूएलआई कारोबार संकेत (सिम्बोल) प्रदान गरिएको छ । भोलिबाट यहि कारोबार संकेतमा युनियन लाइफको शेयर कारोबार सुरू हुनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ११५.१३ रुपैयाँदेखि अधिकतम ३४५.३९ रुपैयाँसम्मको ओपनिङ्ग कारोबार रेञ्ज प्रदान गरेको छ ।