
नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले आतंकवादविरुद्धको लडाईंमा यदि र तर भन्ने नहुने बताएका छन् । विदेशमन्त्री जयशंकरले विश्वभरि आतंकवादविरुद्ध लड्न राजनीतिक इच्छाशक्ति हुनुपर्नेमा जोड दिए । न्यूज एजेन्सी एएनआईका अनुसार युएनएससीको खुला बहसलाई सम्बोधन गर्दै उनले भने, ‘लडाईमा कुनै’ इफ र बट् ‘ हुनु हुँदैन ।’ ‘दोहोरो मापदण्ड’ भएका मुलुकहरुले त्यो मापदण्ड त्यागेमा मात्रै आतंकवादविरुद्ध लड्न सकिने उनले बताएका छन् ।
उनले भने, ‘आतंकवादी भनेका आतंकवादी नै हुन् । त्यसमा असल र खराब कुनै छैन । यस भेदभावलाई प्रचार गर्नेहरूको एजेन्डा हुन्छ र जसले उनीहरूलाई लुकाउन खोज्छ तिनीहरू पनि त्यत्तिकै दोषी छन् ।’ उनले कतिपय राज्यहरुमा आतंकवादलाई आर्थिक सहयोग गरिरहेका मुलुकहरुले नै यसमा दोषी रहेको उनले बताएका छन् ।उनले भने, ‘आतंकवाद बढाउन आर्थिक सहयोग गरिरहेका विषय पत्ता लगाउन, अनुसन्धान गर्न र कारवाही गर्न कानुनी वा अपरेशनल फ्रेमवर्क र प्राविधिक विशेषज्ञता छैन भने आतंकवादलाई सहयोग पुर्याउने अपराध गर्नेहरुलाई आर्थिक सहयोग र सुरक्षित आश्रय दिएका छन् ।’
उनले भने, ‘हामीले आतंकवादविरुद्ध लड्न क्षमता अभिवृद्धि गर्नुपर्दछ, अन्तर्राष्ट्रिय समुदायले सामूहिक रूपमा उनीहरूलाई बोलाउनु पर्छ र उत्तरदायी बनाउनुपर्छ,’ उनले संयुक्त राष्ट्रका सदस्यहरुलाई भने । जयशंकरले भने, ‘न त हामीले आतंकवादलाई जायज ठान्नु हुँदैन र आतंककारीहरूको महिमा गर्न हुँदैन । ‘सबै सदस्यहरूले आतंकवाद विरोधी साधनहरूमा समेटिएको दायित्व पूरा गर्नुपर्दछ,’ एएनआईले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्