×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९१ करोड ९१ लाख नाफामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, अन्य सूचकमा पनि यसरी मार्यो छलाङ (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

९१ करोड ९१ लाख नाफामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, अन्य सूचकमा पनि यसरी मार्यो छलाङ (विवरणसहित)

Artha Sarokar

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत वर्षको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफा २२३.२६% ले  बढाएर ९१ करोड ९१ लाख ७३ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।  अघिल्लो वर्ष सोही अवधिमा २८ करोड ४३ लाख ४५ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।
यस्तै असार मसान्तसम्ममा खुद ब्याज आम्दानी पनि ४३.५४% बढेको छ । यद्यपि कम्पनी २ अर्ब ८० करोड ३८ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । प्रोभिजनमा ४ अर्ब ५० करोड ९६ लाख रुपैयाँ छुट्याउनु परेपछि सञ्चालन नोक्सानमा गएको हो ।
यता खुद नाफामा आकर्षक वृद्धि हुँदा प्रतिसेयर आम्दानीमा आकर्षक प्रगति भएको छ । अघिल्लो वर्ष १९ रुपैयाँ ९६ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले ५४ रुपैयाँ २२ पैसा पुगेको वित्तीय विवरणमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी