काठमाडौँ । बीमा समितिले बीमा कम्पनीहरुलाई हकप्रद निष्कासनको प्रस्ताव नगर्न निर्देशन दिएको छ । समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई चालु आर्थिक वर्ष भित्र हकप्रद निष्कासन प्रस्ताव नगर्न निर्देशन दिएको हो ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै कम्पनीहरुलाई सो सम्बन्धि मौखिक रुपमा निर्देशन दिएको बताए । यद्यपि समितिले बीमा कम्पनीहरुलाई लिखित रुपमा भने कुनै निर्देशन दिएको छैन ।
बीमा कम्पनीहरुले हकप्रद निष्काशन गरेर पूँजी वृद्धिको आन्तरिक तयारी गरिरहदा समितिले भने यस्तो निर्देशन दिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा हकप्रद निष्कासन गरी पूँजी वृद्धि गराउने योजना नभएकोले सो निर्देशन दिइएको निर्देशक पौडेलले बताए ।
यता शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सले भने हकप्रद निष्कासन गर्न पाउनेछन् । समितिले निर्देशन दिनुअघिनै ति कम्पनीको हकप्रद निष्काशन गर्ने प्रकृया अघि बढेकाले जारी गर्न पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्