काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से ०.६६ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ८१ करोड ८५ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसपछि अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, यूनिभर्सल पावर कम्पनी, न्याग्दी ग्रुप पावर, बुटवल पावर कम्पनी, राधी जलविद्युत कम्पनी, अरुण काबेली पावर कम्पनी, सानिमा माई हाईड्रोपावर कम्पनी, अपर तामाकोशी हाईड्रोपावर कम्पनी र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार १३१ कित्ता खरिद बिक्री हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार८ सय ८७ माथिको कारोबार भएको छ ।