×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२५ करोड ३८ लाख ४२ हजार रुपैयाँ नोक्सानमा चन्द्रागिरी हिल्स, प्रतिसेयर आम्दानीसहित अरु सूचक पनि ऋणात्मक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२५ करोड ३८ लाख ४२ हजार रुपैयाँ नोक्सानमा चन्द्रागिरी हिल्स, प्रतिसेयर आम्दानीसहित अरु सूचक पनि ऋणात्मक

२५ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चन्द्रागिरी हिल्स २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ नोक्सानमा रहेको जनाएको  हो । यो कम्पनी अघिल्लो वर्षको यसै अवधिमा १० करोड ६६ लाख १६ हजार रुपैयाँ नोक्सानीमा थियो ।  एक वर्षको अवधिमा कम्पनीको नोक्सानी १४ करोड ७२ लाख २६ हजार रुपैयाँ बढेको हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार अघिल्लो वर्ष ७ रुपैयाँ ९० पैसा नोक्सानमा रहेको प्रतिसेयर आम्दानी यो अवधिसम्म आउँदा १६ रुपैयाँ ५५ पैसा नोक्सानमा रहेको छ भने  प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३५ पैसा छ । साथै जगेडा कोष ३९ करोड ३५ लाख ६० हजार रुपैयाँ ऋणात्मक छ । सञ्चालन आम्दानी पनि १९ करोड १५ लाख ५ हजार रुपैयाँले घटेर २२ करोड १५ लाख ७८ हजार रुपैयाँमा सीमित भएको छ ।
कम्पनीले अन्य स्रोतबाट हुने आम्दानी पनि ६७ लाख २ हजार रुपैयाँमा सीमित भएको जनाएको छ । अघिल्लो वर्ष कम्पनीले अन्य स्रोतबाट २ करोड ९० लाख ३० हजार रुपैयाँ अन्य स्रोतबाट आम्दानी गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी