Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकारकर्मीमाथि भएको दुर्व्यवहारप्रति क्रान्तिकारी पत्रकार संगठनको निन्दा, दोषीमाथि कारवाहीको माग (विज्ञप्तिसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मालपोत कार्यालय कैलालीमा भएको बेतिथिबारे समाचार संकलन गर्न गएका अर्थ सरोकार डटकमका सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठमाथि कार्यालयका प्रमुख सुरेन्द्र केसीले गरेको दुर्व्यवहार र हातपातको प्रयासको चौतर्फी आलोचना भएको छ । विभिन्न पत्रकार संगठनहरुले यसको खुलेरै विरोध गरेका छन् । यसैबीच क्रान्तिकारी पत्रकार संगठनको केन्द्रिय समितिले पनि उक्त घटनाको निन्दा गरेको छ । समितिले पत्रकार श्रेष्ठमाथि दुर्व्यवहार गर्ने कार्यालय प्रमुख केसीको व्यवहारप्रति खेद प्रकट गरेको छ । साथै, समितिले पत्रकारलाई दुर्व्यवहार र हातपातको प्रयास गर्ने प्रमुख केसीलाई कारवाही गर्न माग गरेको छ । हेर्नुहोस् विज्ञप्ति :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK