काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौँ उपत्यकामा बिहीबारदेखि कडा लकडाउन गर्ने तयारी भएको छ । सोबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको छ । बैठकले जारी निषेधाज्ञा केही परिमार्जनसहित थप्ने तयारी गरेको छ ।
भीडभाडजन्य गतिविधी, तालिम तथा सभा जस्ता कार्यलाई निरूत्साहित हुने गरीको निर्णय हुन सक्ने बताइएको छ । यता सरकारले सो जोखिमलाई मध्येनजर गर्दै परीक्षासमेत स्थगित गरिसकेको छ। यसअघि घोषित निषेधाज्ञाको बुधबार मध्यराति सकिँदैछ ।
अहिले कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यकाका अस्पतालहरु संक्रमितले भरिभराउ हुन थालिसकेका छन् । उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा एक महिना यता केही खुकुलो बनाइएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्