×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ महिनापछि प्राधिकरणमा कुलमानको ‘कम्ब्याक’, सम्हाले कार्यभार

PRIME CA

११ महिनापछि प्राधिकरणमा कुलमानको ‘कम्ब्याक’, सम्हाले कार्यभार

२७ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यभार सम्हालेका छन् । बुधबार उनले प्राधिकरणको कार्यकारी निर्देशक पदको नियुक्ति पत्र बुझेपछि कार्यभार सम्हालेका हुन् । ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई ४ वर्षे नियुक्ति पत्र दिएका थिए । ४ वर्षे कार्यकाल पूरा गरेर घिसिङ २०७७ भदौमा विदा भएका थिए ।
 देउवा सरकारले घिसिङलाई पुन: दोस्रो कार्यकालको लागि नियुक्त गरेपछि पदभार ग्रहण गर्न उनि प्राधिकरण पुगेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: