काठमाडौं । बुधबार नेप्से ०.९४ अंकले बढेर ३१६२.५९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रुरु जलविद्युत परियोजना, रिदी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, आइसीएफसी फाइनान्स, जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाईफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका हुन् । यस्तै ५ कम्पनीका लगानीकर्ताले भने ९ प्रतिशतभन्दा बढीले कमाएका छन् ।