काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से ०.९४ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६८ करोड ७ लाख ३६ हजार ५ सय ६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसपछि अरुण भ्याली हाइड्रोपावर कम्पनी, अरुण काबेली पावर, अपि पावर, आइसीएफसी फाइनान्स, रिदी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, हाईड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, फस्र्ट माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, कामना सेवा विकास बैंक र न्याग्दी ग्रप पावरको सर्वाधिक कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।