×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा १७.७९ अंकको करेक्सन, कारोबार रकममा भने रौनकता

PRIME CA

सेयर बजारमा १७.७९ अंकको करेक्सन, कारोबार रकममा भने रौनकता

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से घटेको छ । नेप्से परिसूचक सोमबारको तुलनामा १७.७९ अंकले घटेर २४२३.०९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०९ कम्पनीको १ करोड ९६ लाख ६ हजार ५५५ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब २७ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । 
यस कम्पनीको १ अर्ब ४५ करोडको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल बैंक र शिखर इन्स्योरेन्सको भएको छ । आज २ समूहबाहेकका अरु सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै गुराँस लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् भने शिब श्री हाइड्रोपावका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: