काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से ३७.८७ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ७८ करोड ८७ लाख ३ हजार ५ सय २० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसपछि अपि पावर कम्पनी, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योती विकास बैंक, कामना विकास बैंक, सानिमा माई हाइड्रोपावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल बैंक र शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ३१ करोड ३४ लाखमाथिको कारोबार भएको छ ।