×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्रष्टाचार सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग अध्यक्ष गोल्छाको माग (भिडियो)

PRIME CA

भ्रष्टाचार सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग अध्यक्ष गोल्छाको माग (भिडियो)

१२ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गर्नुभएको छ । भन्सार विभागले गरेको सर्वेक्षण सराहनिय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै छिटो सार्वजनिक गर्न माग गर्नुभएको हो । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार महासंघको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले विभागले गरेको उक्त सर्वेक्षणमा आफूले पनि सहभागिता जनाउन पाएको तर अहले सम्म प्रतिवेदन हेर्न नपाएको गुनासो गर्नुभएको हो ।
प्रतिवेदन सार्वजनिक भए जनसमुदायमा सकारात्मक सन्देश जाने पनि गोल्छाको भनाई छ । यस्तै भन्सारबाट छुटेको समान राजस्व अनुसन्धान विभागले बाटोमा रोक्ने गरेको गुनासो पनि अध्यक्ष गोल्छाले गर्नुभयो । यसबाट व्यापारिहरु त्रसित हुने मात्र नभई व्यवसायिक विकृति समेत उत्पन्न हुने खतरा बढेको बताउनुभयो । भन्सार मूल्याङ्कन र वर्गिकरण यथार्थपुरक हुनुपर्नेमा समेत अध्यक्ष गोल्छाले जोड दिनुभयो ।
कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीेले सरकार व्यवहारिक रुपमा निजी क्षेत्र मैत्रि रहेको बताउनुभएको छ । निजी क्षेत्रको समस्या सरकारले नसुनिकन र निजी क्षेत्रको आवस्यकता अनुसार कानूनहरु संसोधन नभएसम्म आर्थिक विकासका गतिविधि बढ्न नसक्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा उद्योगी व्यवसायीहले भन्सार सम्बन्धमा भएका विवाद समाधान गर्न संयन्त्र निर्माण गर्न माग गरेका छन् । सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले निजी क्षेत्रको विकास विना मुलुकमा आर्थिक विकास सम्भवन नभएको पनि उद्योगी व्यवसायीहरुले बताएका छन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: