कर्णाली । कर्णाली प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यान्वयनमा ल्याएको “व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यावसायको लागि ब्याज अनूदान कार्यक्रम कार्यविधी, २०७६” कार्यान्वयनमा ल्याउन भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडवीच सम्झौता भयो । सम्झौता पश्चात कर्णाली प्रदेश अन्तर्गत रहेका सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विभिन्न शाखाहरुवाट व्यावसायिक कृषकहरुले सहूलियतपुर्ण कृषि कर्जा प्राप्त गर्नसक्ने छन् ।
उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा बैंकको तर्फवाट कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख श्री प्रवीन कुमार दाहालले वीरेन्द्रनगर, सुर्खेत अवस्थित मन्त्रालयमा वसी हस्ताक्षर कार्यक्रम सम्पन्न गर्नु भएको थियो । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकि र ९२ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्