×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक ‘अर्बपति क्लब’मा उक्लियो, व्यापार बिस्तारमा छलाङ मार्दै ५१.४९ प्रतिशतले बढायो नाफा (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

कुमारी बैंक ‘अर्बपति क्लब’मा उक्लियो, व्यापार बिस्तारमा छलाङ मार्दै ५१.४९ प्रतिशतले बढायो नाफा (विवरणसहित)

१२ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कुमारी बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अर्बपति क्लबमा उक्लिएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ५१.४९% ले बढाएर १ अर्ब २१ करोड ६५ लाख ५८ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षको सोहि अवधिमा बैंकले ८० करोड ३० लाख ११ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
यस्तै बैंकले अधिकाशं सूचक सुधार आएको विवरण प्रकाशित गरको छ । बैंकका अनुसार खुद ब्याज आम्दानी ३७.०१% र सञ्चालन नाफा ५३.४७% ले बढेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७.५३ रुपैयाँ कायम भएको छ । बैंकले गत आवको नाफाबाट १०.८५ प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पूँजी बढाएपनि नाफा उल्लेख्य बढ्दा समेत प्रतिशेयर आम्दानीमा सुधार नै देखिएको छ ।
जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ १३०.८२ रुपैयाँ कायम भएको छ । यस्तै बैंकको आधारदर ७.९२ प्रतिशत र स्प्रेड रेट ३.५८ प्रतिशत छ । पुस मसान्तसम्ममा बैंकले १ खर्ब २२ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १४ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको वितरण योग्य नाफा भने ३.१९% ले घटेर ६३ करोड ७५ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: